Logo

बिर्तामोड र पोखरामा दुईवटा नयाँ क्यासिनो खुल्दै, दुई लाख विदेशीलाई सेवा दिनसक्ने क्षमता

बिर्तामोड र पोखरामा दुईवटा नयाँ क्यासिनो खुल्दै, दुई लाख विदेशीलाई सेवा दिनसक्ने क्षमता



काठमाडौं । झापाको विर्तामोड र पोखरामा दुईवटा नयाँ क्यासिनो खुल्ने भएका छन् । बिर्तामोडस्थित पाँचतारे होटल किंग्स्बेरी र पोखरामा गरी २ नयाँ क्यासिनो खुल्ने भएका हुन् । यी दुई क्यासिनो संचालनका लागि उद्योग विभागले स्वीकृति प्रदान गरेको हो ।

laxmi

विभागले पोखराको हेरिटेज होटल एन्ड सुईट्समा भेनेटियन इन्टरटेनमेन्टको र विर्तामोडको किंग्सबेरी होटलमा किंग्सबेरी इन्टरटेनमेन्टको नामबाट क्यासिनो संचालनको स्वीकृति प्रदान गरेको हो । जसका लागि यी दुबै कम्पनीमध्ये किंग्सबेरी इन्टरटेनमेन्टले २५ करोडको र भेनेटियनले २० करोड रुपैयाँको लगानी प्रतिवद्धता जाहेर गरेका छन् ।

यी दुबै कम्पनीले बार्षिक १ लाख ८५ हजार ८ सय ५० जना विदेशी नागरिकहरुलाई जुवा खेलाउने बताएका छन् । यी दुबैले १ सय ४४ जनालाई रोजगारी दिने र ४ सय केभिए विद्युत खपत गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

शतप्रतिशत स्वदेशी लगानीका उक्त २ कम्पनीहरुमध्ये भेनेटियन इन्टरटेनमेन्ट भने भारतीय चेन कम्पनी हो । नेपालमा हाल विभिन्न पाँचतारे होटलहरुमा ११ क्यासिनोहरु संचालनमा छन् भने अन्य ११ मिनि क्यासिनोहरु पनि संचालनमा रहेका छन् । जसमध्ये प्राय क्यासिनोहरुको अनुमतिपत्र नवीकरण हुन नसक्दा केही खारेज भएका छन् भने केही खारेजीको प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL