Logo

सेयर बजारका ‘बिग बुल’ राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन

सेयर बजारका ‘बिग बुल’ राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन



काठमाडौं । सेयर बजारमा बिग बुलको नामले परिचित सेयर लगानीकर्ता तथा विश्लेषक राकेश झुनझुनवालाको निधन भएको छ । ६२ बर्षको उमेरमा आईतबार बिहान उनको निधन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

laxmi

उनलाई भारतीय सेयर बजारका एकमात्र वारेन बफेट पनि मानिन्छ । उनका पिता इन्कम ट्याक्स अफिसर थिए भने उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनको परिवारमा हाल उनीबाहेक उनकी श्रीमति र ३ छोराछोरी छन् ।

सेयर बजारमा आउने धेरैका लागि रोलमोडल बनेका राकेश ट्रेडिङ व्यवसायबाट सेयर बजारमा प्रवेश गरेका थिए । राकेशको जन्म सन् १९६० मा मुम्बइमा भएको थियो । फोब्र्सका अनुसार उनी भारतका धनी व्यक्तिहरुमध्ये पर्दछन् ।

हंगामा मिडिया, एपटेकलगायत दर्जन बढी कम्पनीका मालिक उनको हालको कुल सम्पत्ति ५ अर्ब डलर रहेको बताईएको छ । उनको मृत्युको कारण अझै खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL