Logo

इन्टरनेटमा एक मिनेट : कतिले फेसबुकमा फोटो पोष्ट गर्छन, कति हुन्छ खर्च ?

इन्टरनेटमा एक मिनेट : कतिले फेसबुकमा फोटो पोष्ट गर्छन, कति हुन्छ खर्च ?



काठमाडौं । पछिल्लो समय इन्टरनेटलाई आधारभुत आवश्यकताका रुपमा लिने गरिएको छ । दैनिकजसो यसको प्रयोग र आवश्यकताले पनि यसको अस्तित्वलाई झन धेरै बढावा दिइरहेको छ । यसो हुँद हुँदै तपाईँकै जिवनमा दैनिकजसो उपयोग हुने इन्टरनेटको अस्तित्व विश्वमा के छ भन्ने उत्सुकता पनि पक्कै हुनुपर्छ । एक अध्ययनअनुसार एक मिनेटमै इन्टरनेटको संसारमा नयाँभन्दा नयाँ तथा अच्चम्मका क्रियाकलापहरु हुन्छन् ।

laxmi

जसमध्ये पनि विश्वभर नै सबैभन्दा बढी चलेका इन्टरनेटमा आधारित सामाजिक संजाल ईकमर्श कम्पनीका वेबसाइटलगायतमा धेरै क्रियाकलाप हुन्छन् । अल एक्सेसका अनुसार गत बर्षको तुलनामा यो बर्ष इन्टरनेटको प्रयोग ३० प्रतिशतले बढेको छ । यसबीचमा सामाजिक संजालमा विताउने समय पनि केहि बढेको देखिन्छ ।

एक मिनेटमा के हुन्छ ?

नेपालमा सबैभन्दा बढी चलाईने सामाजिक संजाल फेसबुक हो । अल एक्सेसको तथ्यांकअनुसार विश्वभर एक मिनेटमा फेसबुकमा ५ लाख १० हजार ओटा कमेन्ट गरिन्छ । यस्तै २ लाख ९३ हजार ओटा स्ट्याटस र २ लाख ४० हजार ओटा फोटा अपलोड हुने गरेका छन् । एक मिनेटकै अन्तरालमा ९० लाख ओटा फेसबुक म्यासेज पठाईने गरिएको तथ्यांकमा उल्लेख छ । विश्वभरका हरेक मानिसले प्रतिदिन ३८ मिनेट समय फेसबुकमा विताउने गरेका छन् । यो गत बर्षको तुलनामा ४ मिनेटले बढी हो ।

यस्तै एक मिनेटकै अन्तरालमा ट्विटरमा भने ५ लाख ७५ हजार ओटा ट्विट हुने गरेका छन् । अमेरिकाका एक चौथाई मानिसले चलाउने ट्विटरका प्रयोगकर्ता नेपालमा पनि उत्तिकै छन् । यता टिकटकको अवस्था पनि त्यस्तै छ । प्रतिमिनेट विश्वभर १६ करोड ७० लाख भिडियो भ्यु हुन्छ । पछिल्लो समय एकाएक चर्चामा आएको टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब बढी पुगेका छन् ।

यस्तै विश्वकै सबैभन्दा ठुलो सर्च ईन्जिन मानिने गुगलमा एक मिनेटमा ९० लाख पटक कुनै कुरा खोजिन्छ । यस्तै २०१५ देखि २०१७ को तुलनामा हालसम्म गुगलमा ‘नियर मी’ भन्दै सर्च गर्नेको संख्या ५ सय प्रतिशतले बढेको छ । यस्तै अर्को सामाजिक संजाल ईन्स्टाग्रामको कुरा गर्दा ईन्स्टाग्राममा भने ६६ हजार फोटो तथा भिडियो प्रतिमिनेट पोस्ट हुने गरेका छन् । ९ करोड ८० लाख फोटो तथा भिडियो एक दिनमा इन्स्ग्राममार्फत सेयर हुन्छन् । यस्तै युट्युवमा भने प्रतिमिनेट ५९ लाख ४४ हजार पटक युट्युवको भिडियो हेरिने गरेको छ । हालसम्म युट्युवमा २ अर्बै बढी प्रयोगकर्ता जोडिएका छन् । यसैका कारण पनि युट्युव विश्वकै दोस्रो धेरैपटक भिजिट हुने साईटमा परेको छ ।

अनलाईन सपिङ अर्थात ईकमर्सको कुरा गर्दा cमेजनमा मानिसले हरेक सेकेन्ड ४ हजार ७ सय २२ डलर खर्च गर्ने गरेका छन् । अर्थात प्रति एक सेकेन्डमा सो परिमाणको वस्तु अमेजनले बेच्ने गरेको छ । एक मिनेटमा विश्वभरका ६० लाख मानिसले अनलाईनमार्फत सपिङ गर्ने गरेका छन् त्यसमध्ये ७५ प्रतिशतले मोबाईलबाटै वस्तु खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL