Logo

आयल निगमले भन्यो : हामीलाई अझै घाटा छ तेलको मूल्य घट्दैन

आयल निगमले भन्यो : हामीलाई अझै घाटा छ तेलको मूल्य घट्दैन



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने बताएको छ । भारतबाट लगातार २ पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि आम उपभोक्ताले अब तेलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर, निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै अझै निगम घाटामै रहेकाले तेलको मूल्य घटाउने अवस्थामा नभएको र पुरानै मूल्यमा बेच्ने बाध्यात्मक अवस्था रहेको बताएको हो ।

laxmi

निगमलाई अझै पनि १५ दिनमा नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएको छ ।

आइओसीले गत सोमबार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर नयाँ मुल्य सूची पठाएको थियो ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानीमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL