Logo

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला कि बढ्ला ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला कि बढ्ला ?



काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नेपाल आयल निगमलाई आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ ।

laxmi

सोही अनुसार यसपाली पनि आईओसीले निगमलाई पेट्रोल प्रतिलिटर १६ रुपैयाँ, डिजेल १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ घटाएर पठाएको छ । यस्तै आईओसीले निगमलााई खाना पकाउने एलपीजी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७८ रुपैयाँले घटाएर पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचि अनुसार नेपाल आयल निगमलाई अझै डिजेलमा प्रतिलिटर ९.५० रुपैयाँ घाटा छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ५ सय रुपैयाँ घाटा छ । यता पेट्रोलमा भने निगम अब २ रुपैयाँ नाफा कमाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL