Logo

विदेशमा काम गर्न जानेको संख्या बढेपछि बढ्यो रेमिट्यान्स, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

विदेशमा काम गर्न जानेको संख्या बढेपछि बढ्यो रेमिट्यान्स, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)मा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक मुद्रा संचितिको प्रमुख स्रोत मानिने रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ८ प्रतिशतले बढेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोृ चालु आवको ११ महिनाको तथ्यांक अनुसार गत बर्षको यही अवधिमा रेमिट्यानस आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको थियो । चालु आवको ११ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ५ प्रतिशतले बढेको थियो ।

चालु आवको जेठ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३ सय ६७ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा चालु आवको ११ महिनामा २ सय ८ दशमलव ३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ५२ दशमलव १ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL