Logo

हिमालयन बैंकले सिभिल प्राप्ति गर्ने सम्झौता स्थगित, के कुरामा मिलेन सहमति ?

हिमालयन बैंकले सिभिल प्राप्ति गर्ने सम्झौता स्थगित, के कुरामा मिलेन सहमति ?



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच हुने भनिएको प्राप्ति सम्झौता स्थगित भएको छ । यसअघि आज दिउँसो १ बजे २ हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नैसम्बन्धी सम्झौता हुने भनिएपनि सो कार्य स्थगित भएको हो ।

laxmi

धेरै कुराहरु मिलेर प्राप्ति गर्नेसम्बन्धी सम्झौताको तयारी गरिएपनि केहि सहमतिहरु बाँकी रहेकाले सम्झौता नै स्थगित भएको स्रोतको भनाई छ । सिभिल बैंकले हिमालयनलाई १००ः ८१ प्रतिशतको स्वाप रेसियो तोकिएको थियो ।

यस्तै कर्मचारीको हैसियत बराबर गरेर सबै हिमालयनले भनेकै हुने प्रस्ताव गरेको थियो तर, हिमालयनले अन्तिम आवरमा १००ः८१ को स्वाप रेसियो र कर्मचारीको समायोजनको कुरा यकिन नगरेपछि उक्त सम्झौता स्थगित हुने पुगेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार अझै पनि नमिलेका विषयमा सहमति हुने क्रम जारी वछ ।

प्रतिक्रिया दिनुहोस्
MBL