Logo

सिभिल लघुवित्तको साधारणसभा, ११.५८ प्रतिशत लाभांश पारित

सिभिल लघुवित्तको साधारणसभा, ११.५८ प्रतिशत लाभांश पारित



काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको ११.५८ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित भएको हो । संस्थाको सोमबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

laxmi


सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL