Logo

Global_Ime

सिभिल लघुवित्तद्धारा व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिभिल लघुवित्तद्धारा व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम सम्पन्न



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बैशाख १९ देखि २१ गतेसम्म द कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

laxmi bank orange saving
NABIL

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिए ।

यसका साथै नेपालमा लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केही समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बावजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफनो सेवाहरु उच्च मनोवलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए ।

साथै ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु वीच तिव्र प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा नीति नियम पूर्वक जिम्मेवारी र गुणस्तर सहितको व्यवसाय सञ्चालन र विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।

तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष सचिन जङ्ग रायमाझी तथा सञ्चालकहरुले सहभागीहरुसँग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको वारेमा जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

साथै, सञ्चालक समितिका अध्यक्ष सचिन जङ्ग रायमाझीले आर्थिक वर्ष २०७८र७९ मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc