Logo

व्यापारघाटा ११ महिनामा पौने १६ खर्ब नाघ्यो, आयातमा कडाईका बाबजुद २७ प्रतिशतको वृद्धि

व्यापारघाटा ११ महिनामा पौने १६ खर्ब नाघ्यो, आयातमा कडाईका बाबजुद २७ प्रतिशतको वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । आयातीत वस्तुको उच्च मूल्य वृद्धिका कारण नेपालले यस अवधिमा वस्तु आयातबापत मात्रै १७ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ खर्चिएको छ ।

यसरी विदेशी वस्तु आयातमा ठुलो रकम खर्चिँदा नेपालबाट भने जम्मा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उच्च आयात र न्युन निर्यातका कारण पछिल्लो समय नेपालको व्यापारघाटा लगातार उकालो लागिरहेको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ११ महिनामा नेपालले गत आबको सोही अवधिको तुलनामा निर्यात ५३ प्रतिशतले बढाउँदा आयातको व्यापार पनि २७ प्रतिशतले बढाएको छ । यसरी निर्यातको तुलनामा आयात उच्च हुँदा गत आवको तुलनामा चालु आवमा व्यापारघाटा २५ प्रतिशतले बढेको छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा जम्मा ९.४९ प्रतिशत हुँदा आयातको हिस्सा ९.५३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL