Logo

गौशलामा खुल्यो थ्री स्टार ‘अमादब्लम’ होटल, २५ करोड लगानी

गौशलामा खुल्यो थ्री स्टार ‘अमादब्लम’ होटल, २५ करोड लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गौशलास्थित पशुपति भिजनमा तीन तारे होटल खुलेको छ । आज एक कार्यक्रमबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखलले सो होटललको उद्घाटन गरेका छन् । देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको बेलामा पनि ठूला होटल संचालनमा ल्याएर प्रशंसनीय काम गरको मन्त्री पोखरेलले जानकारी दिए । ‘यस्तो अवस्थामा ठूलो लगानीमा उद्योग व्यवसाय संचालन गर्नु सराहनीय काम हो,’ उनले भने, ‘तर, काठमाडौं लगायतका क्षेत्रमा कार्वन रहित होटलहरु संचालनमा ल्याउनु पर्छ ।’

गौशलामा हाम्रो इन्भेष्टमेन्ट प्रालीलगायतका लगानीकर्ताले अमादब्लम होटल खोलको हुन् । विशेषगरी पर्यटकलाई केन्द्रित गरी खोलएिको उक्त होटलमा ६२ वटा डिलक्स रुम रहेका छन् । रात्रीको समयमा हवाइमार्गबाट आउने पर्यटकलाई लक्षित गरी होटल संचालनमा ल्याइएको होटलका विक्री प्रवन्धक कमल क्षेत्रीले जानकारी दिए । ‘होटल देशको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको नजिकै रहेको छ,’ उनले भने, ‘जसले गर्दा देश विदेशबाट रात्रीको समयमा आउने पर्यटकलाई बस्न सहज हुने छ ।’ एउटा रुमको ४ देखि १० हजार रुपैयाँसम्म पर्ने उनले जानकारी दिए ।

होटलमा हाम्रो इन्भेष्टमेन्ट प्राली, नारायणभक्त उप्रेती, बालकृष्ण शिवाकोटीलगायत ५ जनाको लगानी रहेको छ । २५ करोड रुपैयाँभन्दा बढीको लगानीमा उक्त होटला संचालनमा ल्याइएको हो । आधुनिक र सुविधासम्पन्न उक्त होटलमा रेष्टुराँ, बैंकेट, फिटनेश क्लव रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL