Logo

कुलमान विरुद्ध सर्वोच्चमा मुद्दा दायर, आफुलाई कार्यकारी निर्देशक बनाउन शाक्यको माग

कुलमान विरुद्ध सर्वोच्चमा मुद्दा दायर, आफुलाई कार्यकारी निर्देशक बनाउन शाक्यको माग



काठमाडों । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध रिट दायर गरेका छन् । सोमबार घिसिङको नियुक्ती खारेजीको माग गर्र्दै शाक्यले सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।

laxmi

आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै त्यसलाई बदर गरी आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा यथावत राख्नुपर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

यसअघि सरकारले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरेको थियो । तर उक्त पदमा बस्न उनले अस्विकार गर्दै आएका थिए । उनले अझै पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफ्नो हक कायमै हुने बताएका छन् । उनले राजिनामा नदिँदानदिँदै पनि आफुलाई सरुवा गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL