Logo

‘फ्युचर अफ जब्स’मा कोरोनाको भयावह असर : २०२५ सम्ममा साढे ८ करोडको रोजगारी खोसिने, प्राथमिकतामा वर्क फ्रम होम र रिमोर्ट वर्क

‘फ्युचर अफ जब्स’मा कोरोनाको भयावह असर : २०२५ सम्ममा साढे ८ करोडको रोजगारी खोसिने, प्राथमिकतामा वर्क फ्रम होम र रिमोर्ट वर्क



काठमाडौं । केही बर्षदेखि प्राविधिक परिवर्तन र चौथो औद्योगिक क्रान्तीका कारण रोजगारीहरु गुमिरहेका छन् । विभिन्न उद्योगधन्दाहरुमा नयाँ प्रविधिमा आधारित रोबोटिक्स र अटोमेशनको प्रयोग बढ्दा हामीहरु रोजगारीका भयावह भविष्य ‘फ्युचर अफ जब्स’नजिकै पुग्दैछौं अर्थात हाम्रो हातबाट रोजगारी छुट्नेबेला आएको छ ।

laxmi

हालै विश्वभर फैलिएको कोरोनो भाईरहेको महामारीले यसलाई झन धेरै मात्रामा फैलाईदिएको छ । कोभिड–१९ ले विश्वभरको अर्थव्यवस्थामा खलल पुर्यायो जसका कारण ठुला ठुला अर्थतन्त्र भएका देशमा संचालित ठुला कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरु कटौति गर्दै गए ।

यसरी समाजमा पनि असमानताको खाडल बढ्दै गएको विज्ञहरु बताउँछन् । अमेरिकाले मात्रै महामारीको बेलामा २ महिनामा आर्थिक मन्दीको २ बर्षको तुलनामा धेरै रोजगारीहरु गुमाएको बताएको छ ।

वल्र्ड ईकोनोमिक फोरमको फ्युचर अफ जब्स रिपोर्ट २०२० का अनुसार महामारीको अवस्थामा ८० प्रतिशत बढी कामदारहरुले डिजिटल प्रणालीमार्फत गरिने कामलाई प्रश्रय दिनुपर्ने विचार व्यक्त गरेका थिए । तर आधाभन्दा बढीले उद्योगधन्दालाई अटोमेशनमा लिनुपर्ने विश्वास राख्छन् ।

यसरी दिनप्रतिदिन उद्योग क्षेत्रमा कम लगानी र भएको उद्योगमा पनि अटोमेशन र नयाँ प्रविधिको प्रयोग गरिँदा रोजगारीको समस्या झन बढ्दो छ । केही तथ्यांकअनुसार धेरैभन्दा धेरै रोजगारी महिला, युवा तथा कम पारिश्रमिक लिने कामदारको गुमेको बताईन्छ ।

बेलाबखत आईरहने र प्रकाशित हुने विभिन्न तथ्यांक र वल्र्ड ईकोनोमिक फोरमकै फ्युचर अफ जब्स रिपोर्ट २०२० को तेस्रो संस्करणमा पछिल्लो समय रोजगारी गुम्ने प्रक्रिया तीव्र रुपमा हुँदा रोजगारी सिर्जना हुने प्रक्रिया भने बन्दजस्तै भएको उल्लेख छ ।

उक्त प्रतिवेदनमा सन २०२५ सम्ममा साना ठुला गरी विभिन्न उद्योगधन्दाबाट ८ करोड ५० लाख रोजगारी गुम्ने अनुमानसमेत गरिएको छ । यसरी आगामी ५ बर्षमा मानिस र मेसिनले गर्ने काम बराबर हुने अर्थात समानरुपले हुने बताईएको छ ।

तर यही समयमा बढ्ने एआई, विग डाटा लगायत अल्गोरिदममा आवश्यक नयाँ ९ करोड ९७ लाख रोजगारीको अवसर पनि समावेश गरिएको छ । शारिरिक रुपमा उपस्थित भएर कन भन्दा पनि शरिरिक रुपमा उपस्थित नभई गरिने रोजगारीका लागि भने कोरोना महामारीले बाटो खोलिदिएको विज्ञहरुले बताएका छन् । यसैका केही उदाहरण हुन् वर्क फ्रम होमलगायत रिमोर्ट वर्कहरु ।
वर्ल्ड ईकोनोमिक फोरमबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL