Logo

सरकारी बैंकको जागिरे बन्ने हो ?, नेपाल बैंकले माग्यो ३९६ जना कर्मचारी

सरकारी बैंकको जागिरे बन्ने हो ?, नेपाल बैंकले माग्यो ३९६ जना कर्मचारी



काठमाडौं । नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरी कुल ३ सय ९६ जना कर्मचारी माग गरेको हो ।

बैंकले सहायक पदका लागि सबैभन्दा बढी २ सय ६७ जना कर्मचारी माग गरेको छ । जसअन्तरगत बैंकले प्रदेश अनुसार कोटा तोकेर कर्मचारी माग गरेको हो । जसमा सबैभन्दा बढी प्रदेश नम्बर ३ मा ५८ जना सहायक कर्मचारी माग गरेको छ भने सबैभन्दा कम कर्णाली प्रदेश र ७ नम्बर प्रदेशमा २०२० जना कर्मचारी माग गरेको छ ।

यसैगरी प्रदेश १ मा ४२, प्रदेश २ मा ५१ र गण्डक प्रदेशमा ३४ र प्रदेश नम्बर ५ मा ४३ जना कर्मचारी माग गरेको हो ।

बैंकले सहायक प्रबन्धक पदमा पनि ८० जना कर्मचारी माग गरेको छ । जसमा खुलातर्फ ४३, महिलातर्फ १२, आदिवासी जनजातीमा ९, मधेशी ८ दलितमा ३ जना माग गरेको छ ।

नेपाल बैंकले कनिष्ठ सहायक पदका लागि ४९ जना कर्मचारी माग गरेको छ । कनिष्ठ सहायक पदका लागि पनि बैंकले प्रदेश अनुसार कर्मचारी माग गरेको छ ।

सो पदहरुमा १२ कक्षा स्नातकोत्तर उत्तिर्णदेखी १२ कक्षा पाससम्मले आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको उक्त आवेदनमा मंसिर ६ गतेसम्म अनलाईन आवेदन दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL