Logo

अर्थमन्त्रीले भने – ‘सेयर र घरजग्गामा कर्जा बढी प्रवाह हुँदा समस्या, वैदेशिक ऋण अनुत्पादक क्षेत्रमा जादा आर्थिक दायित्व बढ्यो

अर्थमन्त्रीले भने – ‘सेयर र घरजग्गामा कर्जा बढी प्रवाह हुँदा समस्या, वैदेशिक ऋण अनुत्पादक क्षेत्रमा जादा आर्थिक दायित्व बढ्यो



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महनले सेयर र घरजग्गामा कर्जा केन्द्रित हुँदा अर्थमन्त्रीमा समस्या आएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकारसम्म अन्तरक्रिया कार्यक्रममा उनले सेयर, घरजग्गालगायतका अनुत्पादनक क्षेत्रमा बढी कर्जा प्रवाह भएपछि अर्थतन्त्रमै समस्या निम्तिएको बताएका हुन् ।

laxmi

अघिल्लो सरकार अर्थात केपी शर्मा ओलीको सरकारलाई इंगित गर्दै उनले सरकारले भ्यु टावरलगायतका अनुत्पादक क्षेत्रहरुमा बढी लगानी र कर्जा प्रवाह गरेकै कारण अहिले अर्थतन्त्रमा समस्या देखिएको पनि बताएका छन् । ‘कर्जा लिने र दिनेको कमजोरीले गर्दा अर्थतन्त्रमा समस्या आएको छ,’ उनले भने, ‘ऋण लिनेले विभिन्न बहानाबाजी बनाएर अनर्गल प्रचारप्रसार गर्दा पनि नकारात्मक विषयले बढी समस्या आएको हो ।’

उनले पछिल्लो समय विदेशी नीतिलाई देखाएर नेपालमा कालोबजारीलगायतका क्रियाकलापहरु भईरहेको बताउँदै साफ्टाको काम नभएको जानकारी दिएका छन् । ‘साफ्टा भन्नेनै काम छैन यसलाई हटाउनु पर्छ,’ उनले भने । यसैका कारण हाल केहि दलाल व्यवसायीले प्याज लुकाएर बाहिर अनावश्यक हल्ला फैलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL