काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैदिन ३ नयाँ सबस्टेशन संचालनमा ल्याएको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा विभिन्न सबस्टेशनहरु संचालनमा ल्याएको हो । प्राधिकरणले तीन सबस्टेशनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३÷११ केभी सबस्टेशनको परीक्षण गरी…