Logo

पेट्रोलियम पदार्थमा बढ्यो कर, सडक प्रयोगकर्तासँग कर उठाइने

पेट्रोलियम पदार्थमा बढ्यो कर, सडक प्रयोगकर्तासँग कर उठाइने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा करको भार थुपारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै सडक पूर्वाधार निर्माण तथा मर्मतमा रकमको अभाव हुन नदिन पट्रोलियम पदार्थमा कर लगाउने घोषणा गरेका हुन् ।

जस अनुसार पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ थप कर लगाउने निर्णय गरेको छ । यस अघि सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ कर लगाएको थियो ।

यसैगरी सरकारले सडक प्रयोगकर्तासँग कर लगाउन भएको छ । यस अघि सरकारले सवारीसाधनसँग सडक दस्तुर उठाउँदै आएकोमा आगामी दिनमा करको दायरा बढाउँदै सडक प्रयोकर्ताबाट थप कर उठाईने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL