GBIME

सरकारलाई चेम्बरको १० बुँदे सुझाव, बजेटको लक्ष्य प्राप्ती गर्न कार्यान्वयनमा चुनौती


बिजखबर संवाददाता
30 May, 2019 7:31 pm

nepal-chamber-of-comerce

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले तोकेको साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षमा चुनौती रहेको जानकारी दिएको छ । चेम्बरले बजेटमाथी आफ्नो १० बुँदै सुझाव प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ लागि निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्यमा पुग्न कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताएको हो ।

Laxmi
NABIL
Yamaha

अर्थमन्त्री डा. युवराज खतीवडाले बुधबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै ८ दशमल ५० प्रतिशतको आर्थिक वृद्धि गर्ने जानकारी दिएका थिए । सरकारले सोही अनुसारको लक्ष्य निर्धारण गरेको भएपनि नेपाल चेम्बर अफ कर्मसले भने उक्त आर्थिक वृद्धि दर प्राप्त गर्न स्वदेशी लगानी वृद्धिको लागि अनुकुल वातावरण सृजना गर्नु पर्ने सुझाव दिएको छ ।

सरकारले उक्त लक्ष्यमा पुग्नका लागि ऐन कानूनका अन्य बिबिध पक्षहरु लगायत साशकीय सुधारमा समेत परिवर्तन ल्याउनुपर्ने चेम्बरको धारणा रहेको छ । सरकारले आगामी बर्षको बजेटमार्फत वैंकले लिने दोहोरो अंकको ब्याजदरले लगानी तथा व्यवसायीक बातावरणमा अनुकुल बातावरण सृजना हुन नसकेको पनि चेम्बरले जानकारी दिएको छ ।

sarbottam

सोही सम्बन्धमा चेम्बरले सरकारलाई दिएका १० सुझाव

१ पुंजीगत खर्चको लागि कूल बजेटको २६.६ प्रतिशत (४०८ अर्ब ) रकम बिनियोजन गरिएको छ । पुंजीगत खर्चको लागि छुट्टाइएको रकम समयमै खर्च हुन सकेन भने यसको उपजनै नरहने हुन्छ । बिगत वर्षहरुमा पनि यस्तै कारणले अर्थतन्त्रमा तरलताको अभाव वढेको र व्याज दरमा वृद्धि भइ व्यवसायी क्षेत्र मर्कामा परेको यथार्थता हाम्रा सामु छन । हालै नेपाल सरकारबाट जारी भएको निर्माण व्यवसाय सम्वन्धी नियमावली व्यवस्था गरिएको केही प्रावधानहरु निर्माण व्यवसायीहरुको लागि आपत्ती रहेको सन्दर्भमा उल्लेख्य रुपमा पुंजीगत खर्च हुन सक्ने संभावना न्युन रहेको छ ।

२ बजेट समग्रमा उत्साहप्रद भएता पनि कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेमा यस बाट मुलुकको अर्थतन्त्रले उचित प्रतिफल पाउन नसक्ने हुंदा कार्यान्वयन हुनु पर्ने ।

३ निकासीमा दिइने नगद अनुदान छिमेकी मुलुकहरुको तुलनामा नेपालमा न्युन छ । यसै सन्दर्भमा मूल्य अभिवृद्धिको आधारमा निर्यातमा नगद अनुदान कायम हुनु पर्ने व्यवस्थाको लागि निजी क्षेत्रले पटक पटक उठाएको बिषय प्रस्तुत बजेटमा सम्वोधन हुन सकेन । निर्यात प्रवद्र्धनको लागि वजेटमा उल्लेख्य व्यवस्था भएन ।

४ कुनै पनि नेपाली नागरिकले लगानीको लागि श्रोत खुलाउनु पर्ने व्यवस्थाले यथेष्ट मात्रामा लगानी हुन सकेको छैन । यो व्यवस्था लगानीको लागि अनुकुल बातावरण वन्न नसक्नुका प्रमूख कारणको रुपमा लिइएको छ । सरकारले परिलक्षित गरेको ८.५ प्रतिशतको कुल ग्राह्स्थ उत्पादनको दरलाइ कायम गर्न धेरै लगानीको आवश्यक पर्दछ । लगानीको लागि श्रोतको वैधतावारे कानूनी व्यवस्थाले गर्दा स्वदेशी लगानी आकर्षित हुन सकेन । बिद्यमान स्वदेशी श्रोतको अभिलेखीकरण गरिएमा धेरै हद सम्म स्वदेशी लगानी वृद्धिको लागि अनुकुल वातावरण सृजना हुन जान्छ । तसर्थ एक पटक सरकारले सम्पूर्ण नेपालीको पंूजी अभिलेखीकरण गरी दिएमा लगानी प्रवद्र्धन गर्न सहजता आउने छ ।

५ अनावश्यक आयात घटाउन सेफगार्ड, एन्टीडम्पिङ र काउन्टर भेईलिङ कानून कार्यान्वयन भएको अवस्थामा केही आवश्यक वस्तुहरुको भन्सार वृद्र्धिले डब्लुटिओ तथा भ्याटको शिद्धान्त अनुसारले व्यवस्था गरेको उपभोक्तालाइ गुणस्तर एवं सस्तो सामान उपलब्ध गराइनु पर्ने प्रतिस्पद्र्धी व्यवस्थामा नकारात्मक प्रभाव पार्ने छ । आवश्यक वस्तुहरुको भन्सार महशुल दर अधिकतम ३० प्रतिशत हुनु पर्नेमा ४० प्रतिशत कायम गरिएकोले यसले महंगी वढाउने छ ।

६ तयारी वस्तु र कच्चा पदार्थको भन्सार महशुल फरक गर्ने बिषयको सम्वोधन (उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर, तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्ने , तयारी पोशाक उद्योगमा ५ प्रतिशत व्याजदर रिवेट गर्ने नीति, एवं स्वदेशी कपडा उद्योगले उपयोग गर्ने बिद्युत महशुलमा ५० प्रतिशत छुट र वैंकबाट लिने कर्जा मा ५ प्रतिशत व्याज अनुदान दिने व्यवस्थाले औद्योगिक उत्पादनमा सकारात्मक प्रभाव पार्ने छ ।

७ सेयरको कारोवारमा पूंजीगत लाभकर व्यक्तिलाइ लाइ ७.५ प्रतिशतबाट घटाइ ५ प्रतिशत कायम गरिएको छ । पूंजीगत लाभमा भारित खर्चलाई पनि समावेश हुने व्यवस्था भएको छ । गैर आवासीय नेपाललाइ पुंजीबजारमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

८ बिभागीय अनुसन्धानको सिलसिलामा धरौटी राख्नु पर्ने कूल बिगोको एक तिहाई रकमलाइ घटाइ एक चौथाइ गरिएको छ ।

९ हेजिङ्ग नियमावलीको व्यवस्थालाइ प्रभावकारी बनाइ वैदेशिक लगानी बिदेशी बिनीमयको जोखिम व्यवस्थापन गरिने व्यवस्थाले वैदेशिक लगानीलाइ अनुकुल बातावरण सृजना हुनेछ ।

१० कृषि क्षेत्रको प्रवद्र्धनको लागि प्रस्तुत बजेटमा केही प्राथमिकता दिइएको भएता पनि सूचना तथा प्रबिधि क्षेत्रमा प्रस्तुत बजेटमा प्राथमिकता दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL