Logo

इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरु, नेपालले राख्यो ७ स्टल

इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरु, नेपालले राख्यो ७ स्टल



काठमाडौैं । खाद्य तथा पेयपदार्थ सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक–२०२४ सोमबारबाट भारतको ग्रेटर नोयडामा शुरू भएको छ । उक्त इभेन्टमा नेपालबाट ७ वटा स्टलहरु राखिएको छ ।

laxmi

उक्त इभेन्टमा महासंघका सदस्य वस्तुुगत संघहरू नेपाल अलैची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन,नेपाल कफी व्यवसायी महासंघ, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघमार्फत विभिन्न ७ वटा नेपाली कम्पनीहरूले स्टल राखेका हुन।

यसैगरी, अन्य नेपाली कम्पनीहरुको पनि सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीवूटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टल रहेका छन । उक्त एभेन्टमा खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो कार्यक्रम हो ।

भारतसहित दक्षिण एशियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुंदै आएको इण्डुज फुड टेकमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी सहित करिव ४५ जना उद्यमी व्यवसायीले भाग लिइरहेका छन् ।

प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नविनतम प्रविधिको विस्तार, अन्तराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशिल बनाउंदै लैजाने मुख्य हवकोरूपमा हेरिएको छ ।

प्रदर्शनीको सोमवार विहान भारत सरकारका वाणिज्य तथा उद्योग सचिव सुुनिल बर्थवालले समुदघाटन गरेका छन । यसैगरी, वाणिज्य तथा उद्योग मन्त्री पियुुष गोयलले भर्चुअल माध्यममार्फत संवोधन गर्दै प्रदर्शनीले भारत सहित सिंगो दक्षिण एशियालाई विश्व खाद्य चेनसंग जोडने दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL