Logo

माउन्टेन इनर्जीको सातौं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा अधिकारी नियुक्त

माउन्टेन इनर्जीको सातौं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा अधिकारी नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ ।

laxmi

साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।


कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६र०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।


उक्त साधारण सभाले आर्थिक वर्ष २०७७र०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बिआर पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैंठक ५ हजार रुपैयाँ भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL