GBIME

नेपाल लाइफ इन्स्योरेन्स र भन्सार विभागका प्रमुखबीच भेटघाट, बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता


बिजखबर संवाददाता
14 January, 2021 10:21 am

nepal life insurance- bhansar bivagh

काठमाडौं । बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४र७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ ।

NLIC
LAXMI

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमती भएको छ । भेटका अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले आफ्नो भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिबृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे ।

भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए । उक्त भेटघाट भन्सार विभागको कार्यालय, त्रिपुरेश्वरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL