Logo

कोरोनाका कारण घट्यो वैदेशिक लगानी, ४ महिनामा ४ अर्बमै सिमित

कोरोनाका कारण घट्यो वैदेशिक लगानी, ४ महिनामा ४ अर्बमै सिमित



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना अर्थात साउनदेखि मंसिरसम्म वैदेशिक लगानीअन्तर्गत ४ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ । उद्योग विभागमा उक्त अवधिमा २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आउँदा लगानी भने जम्मा ४ अर्ब १४ करोड १७ लाख रुपैयाँ भित्रिएको हो । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कम हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार गत बर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत ४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ भित्रिएको थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले बढी हो । गत बर्ष यस्तो लगानी अघिल्लो बर्षको तुलनामा बढेको भएपनि चालु आवमा भने कोरोना कहरकै कारण ओरालो लागेको सम्वद्ध विज्ञहरु बताउँछन् ।

प्रधानमन्त्रीदेखि साना नेताहरुले पनि भाषण गर्ने बेला वैदेशिक लगानी आकर्षण गर्ने बताउँदै आएका छन् । तर भनेबमोजिम, समयानुकुल वैदेशिक लगानीका कानुनहरुमा परिवर्तन नहुँदा भने लगानी बढ्न सकेको देखिदैन । जुन राष्ट्र बैंकको पछिल्लो ३ आर्थिक बर्षको तथ्यांकले पुष्टि गर्दछ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५/७६ को पहिलो ४ महिनामा ४ अर्ब ९४ करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत भित्रिएको छ । उक्त अवधिमा उद्योग विभागमा भने ९ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

यसरी तथ्यांकलाई केलाएर हेर्दा त्यसको पछिल्लो आव अर्थात २०७६/७७ मा लगानी भित्रिने क्रम शुन्य दशमलव ५ प्रतिशतले मात्रै बढेर ४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ भित्रीएको हो ।

पछिल्लो ३ बर्षको तथ्यांक र चालु आवको सोही अवधिको तथ्यांकलाई गहन रुपमा केलाएर हेर्दा चालु आवमा भनेबमोजिम लगानी भित्रिएको बताउँछन् उद्योग विभागका निर्देशक विनोद खड्का । चालु आवको सुरुवातिदेखि नै विश्व कोरोना भाईरसको महामारीका कारण आक्रान्त बनिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत मात्रै ४ अर्ब १४ करोड रुपैयाँ भित्रिनु ठुलो प्रगति भएको उनको भनाई छ ।

नेपाल सरकारले कोरोना भाईरसको महामारी फैलावट नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । उक्त अवधिमा उद्योग विभाग, कम्पनी रजिष्टारको कार्यालयलगायत लगानी स्विकृत गर्ने निकायहरु पनि बन्द थिए । उक्त अवधिमा फाट्टफुट्ट लगानीको प्रतिवद्धता आएपनि अघिल्ला बर्षहरुका तुलनामा भने ज्यादै न्यु थियो । यसरी न्युन लगानी प्रतिवद्धता भएपनि अघिल्ला बर्षको तुलनामा भने उस्तै उस्तै पर्न आउने भएकाले यो बर्ष ठिकै रुपमा लगानी भित्रिएको निर्देशक खड्का बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL