Logo

सस्तो भनिएको एप्पलको आइफोन एसई २०२० नेपाली बजारमा, यस्तो छ ३ वटा भेरियन्टको मूल्य

सस्तो भनिएको एप्पलको आइफोन एसई २०२० नेपाली बजारमा, यस्तो छ ३ वटा भेरियन्टको मूल्य



काठमाडौं । मोवाइल पारखीका लागि एप्पल कम्पनीका मोवाइल सर्वाधिक लोकप्रिय रहेका छन् । नेपालमा पनि एप्पलको मोवाइलको विक्रि राम्रो रहेको छ ।

laxmi

नेपाली उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले मंगलबार ‘आइफोन एसई’ २०२० सार्वजनिक गरेको छ ।

आइफोन एसइ २०२० , ६४, १२८ र २५६ जीबीमा उपलब्ध छ । आइफोन एसई कालो, सेतो र रातो रङमा नेपाली बजारमा उपलब्ध छ ।

एसई ६४ जीबीको ७० हजार रुपैयाँ, १२८ जीबीको ७५ हजार रुपैयाँ र २५६ जीबीको ९६ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।

ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र एप्पलका उत्पादन खरिद गरी १ वर्षको वारेन्टी लिन कम्पनीको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL