Logo

२ किस्तामा कर उठाउन राजस्वले जारी गर्याे नयाँ सूचना, भ्याट र अन्तशुल्क तिर्ने समय असार ७ सम्म सारियो

२ किस्तामा कर उठाउन राजस्वले जारी गर्याे नयाँ सूचना, भ्याट र अन्तशुल्क तिर्ने समय असार ७ सम्म सारियो



काठमाडौं । आन्तरिक राजस्व विभागले कर उठाउने समय सारेको छ । निजी क्षेत्रको दवावपछि विभागले अर्थ मन्त्रालयको दवावमा २ किस्तामा कर उठाउने गरी सूचना जारी गरेको हो । जसअनुरुप मूलय अभिवृद्धि कर, माशिक करलगायत विभिन्न अन्य करहरु तिर्ने म्याद असार ७ सम्म्म र चालु आवको चैत मसान्तसम्मको संशोधित अनुमानित कर विवरण भने असार १५ सम्म तिर्न सकिने बताएको हो ।

यस्तै विभागले फागुन, चैत र बैशाखको शिक्षा सेवा शुल्क, दूरसंचार सेवा दस्तुर अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण पनि असार ७ सम्म बुझाउनुपर्ने बताएको हो ।

बुधबार अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अर्थसचिव र राजस्व सचिवसँगको छलफलमा जेठ २५ गतेसम्मको म्याद मान्य नहुने बताएका थिए । सोही अनुसार अर्थ सचिव शिशिर कुमार ढुंगानाले म्याद थप्ने आश्वासन दिएका थिए ।

अर्थ सचिवले आश्वासन दिएको केही समय पश्चात नै आन्तरिक राजस्व कार्यलयले म्याप थपिएको सूचना निकालेको हो ।


प्रतिक्रिया दिनुहोस्
MBL