Logo

चुनावपछि बुढीण्डकी निर्माणको जिम्मा गेजुवालाई नै !

चुनावपछि बुढीण्डकी निर्माणको जिम्मा गेजुवालाई नै !


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने सरकारले अहिलेको सरकारले गरेको बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्णय उल्ट्याउने बताए । ‘यस अघिको सरकारले बुढीगण्डकी निर्माणको जिम्मा कुन प्रक्रियाबाट कसरी दियो त्यो मतलब भएन,’ नेपाल उद्योग बाणिज्य महासंघले गरेको कार्यक्रममा उनले भने, ‘तर, चुनावी सरकारले जुन रुपमा विदेशीसँगको कुटनीतिलाई असर पर्नेगरी बुढीगण्डकीको सम्झौता खारेज गर्यो त्यो गैरकानुनी छ र त्यसलाई चुनाव पछि बन्ने सरकारले उल्ट्याउने छ ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुढीगन्डकीको निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो हप्तामात्रै उक्त सम्झौता खारेज गरेको थियो । चुनावी सरकारले हाटहुट र लाटलुट तरिकाले गरेरका सम्पूर्ण गैरकानुनी निर्णयलाई उल्ट्याइने समेत उनको दावी थियो ।

साथै चुनावी सरकारले जथाभावी निर्णय गरेर विदेशी लगानीको वातावरण समेत विगारेको उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL