Logo

बिहीबारदेखि चमेलिया प्रशारण लाइनबाट विद्युत चार्ज

बिहीबारदेखि चमेलिया प्रशारण लाइनबाट विद्युत चार्ज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्माणधिन चमेलिया जलविद्युत आयोजनाले बिहीबारदेखि प्रशारण लाईनबाट विद्युत प्रबाह (चार्ज) गर्ने भएको छ । आयोजनाले निर्माण गरेका १३२ केभी प्रशारण लाईनबाट बिहीबारदेखि बिद्युत प्रबाह गर्न लागेको हो ।

आयोजनाले सो प्रशारण लाईन अन्तरगत कुल ४ सय १२ वटा टावरहरु निर्माण गरेको छ । तीमध्ये कुनै पनि टावरमा नचढ्न आयोजनले सुचना जारी गरेको हो । आयोजनाले दार्चुलाको बलांचदेखि बैंतडी, डडेलधुरा, डोटी र कैलालीको गोदावरीसम्म प्रशारण लाईन निर्माण गरेको थियो ।

सुचनालाई बेवास्ता गरी टावरमा चढेमा, संरचनाहरु छुनेजस्ता काम गरी दुर्घटना परेमा आयोजना जिम्मेवार नुहुने समेत उक्त सुचनामा उल्लेख छ ।

निर्माण शुरु गरेको १० बर्षपछि चमेलियाले प्रशारण लाईनमार्फत विद्युत प्रबाह गर्न लागेको हो । कुल ३० मेगावाटको सो आयोजनाले यही बिहीबारदेखि प्रशारण लाईनमार्फत बिद्यत प्रबाह गर्न लागेको हो । सो आयोजना नेपाल विद्युत प्राधिकरण र कोरियाली सरकारको संयुक्त लगानीमा बनेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL