Logo

जलविद्युत विकासमा वैदेशिक लगानी आवश्यक, लगानी नआउनुका नीति नियम बाधक

जलविद्युत विकासमा वैदेशिक लगानी आवश्यक, लगानी नआउनुका नीति नियम बाधक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । देश विकासका लागि मुख्य क्षेत्रको रुपमा रहेको जलविद्युत विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यकता भन्दा वाध्यता रहेको सरोकारवालाले बताएका छन् ।

बुधवार इआइसीटी नेपालले गरेको जलविद्युतमा प्रत्यक्ष वैदेशिक लगानीका सवालहरु विषयक छलफलमा उनीहरुले नेपालको सम्भावनालाई अधिकतम उपयोग गरि मुलुकको सम्बृद्धीको लागि जलविद्युतको विकास अपरिहार्य रहेको बताएका छन् । विश्वका अधिकांश मुलुकहरु धनी र शक्तिशाली हुनुमा वैदेशिक लगानीको प्रमुख भुमिका रहेको उनीहरुको तर्क थियो ।

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले मुलुकको आर्थिक विकासमा फड्को मार्ने क्षेत्र जलविद्युत भएको बताउँदैे यसका लागि सबै किसिमको वातावरण बनाउनुपर्ने जानकारी दिए । ‘राजनीति र नीतिगत स्थायित्व प्रत्यक्ष वैदेशिक लगानीका लागि मुख्य आधार हुन्,’ उनले भने, ‘वलियो वित्तीय संरचना निर्माण र सबै तहमा सवल इच्छा शक्तिले जलविद्युत विकासका लागि योगदान दिन सक्नुपर्छ ।

विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुकहरु चीन र अमेरिकामा सबैभन्दा वढी वैदेशिक लगानी रहेको र नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले नेपालको आन्तरिक जलविद्युत वातावरण उदार नभएसम्म विदेशी लगानीको सम्भावना नभएको बताए । विद्युत, विद्युत नियमन आयोग, जग्गा प्राप्ति, सार्वजनिक खरिदलगायतका जलविद्युत् विकाससँग प्रत्यक्ष जोडिने विधेयकहरु सरकारी वेवास्ता र हेलचेक्याइका कारण आउन नसकेको उनको भनाइ थियो ।

पूर्व सचिव एवं नेपाल हाइड्रो पावर एशोसियसनका उपाध्यक्ष श्रीरञ्जन लाकौलले नेपालका लागि वैदेशिक लगानी आवश्यकता र वाध्यता दुवै भएको बताए । यसैगरी, जलविद्युत विकास तथा लगानी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले देशको विकासको लागि वैदेशिक लगानी निर्विकल्प रहेको बताउँदै नेपालको आवश्यकतालाई मध्यनजर गर्दै स्वदेशी लगानीका आयोजनालाई तीव्रता दिनुपर्ने बताए ।

इपानका महासचिव एवं नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिका उपसभापति कुमार पाण्डेले अस्थिर राजनीति, सरकार, नीति, प्रक्रिया लगायतका बाधाले गर्दा जलविद्युत्मा वैदेशिक लगानी भित्रन नसकेको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL