Logo

सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं बर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान

सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं बर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान



काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ ।

१९औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै १९औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This