काठमाडौं । शिवम सिमेन्टको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन कमाएको छ।
अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २०५.८५ प्रतिशतले बढेको हो।
समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी ६६.३० प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी ०.७८ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १४.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ।