काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ ।
वितरणयोग्य नाफा ९६१.६० प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ५० करोड रुपैयाँ थियो । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १४.११ प्रतिशत छ ।
बैंकले यो अवधिमा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा १.१० प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसै अवधिमा यस बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा यसको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । खुद ब्याज आम्दानी ०।८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँमा आएको छ ।
यसअवधिमा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ २८ पैसा रहेको छ ।