काठमाडौं । नबिल बैंकले गत आवमा ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले घटेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा भने २५.४४ प्रतिशतले बढेर १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रहेको छ ।
असार मसान्तसम्म बैंककको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १७.६४ प्रतिशतले रहेको छ । अघिल्लो आवको सोही अवधिमा ११.३९ प्रतिशत रहेको थियो ।
यो अवधिमा बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता ५४.८७ प्रतिशतले बढेको छ । २६.३४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशत रहेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ रहेको छ । ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।