Logo

प्रधानमन्त्रीलाई राखेर सीएनआइले भन्यो – सरकारले व्यवसायीलाई थुन्ने नाममा थर्काएर वार्गेनिङ गरिरहेको छ

प्रधानमन्त्रीलाई राखेर सीएनआइले भन्यो – सरकारले व्यवसायीलाई थुन्ने नाममा थर्काएर वार्गेनिङ गरिरहेको छ



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले सरकारले उद्योगीहरुसँगै थुनेर बार्गेनिङ गरिरहेको आरोप लगाएको छ । परिसंघको २१ औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले यस्तो बताएका हुन् ।

laxmi

प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालकै अघि उनले सामान्य उजुरीकै भरमा पहिले थुन्ने अनि सुन्न खोज्ने चलन बढ्न लागेको बताएका हुन् । ‘पहिलो थुन्ने अनि सुन्ने अवस्था निजी क्षेत्रको लागि मात्रै होइन कर्मचारीतन्त्र, राजनीतिकमाथि समेत भईरहेको छ,’ उनले भने, ‘थुन्ने नाममा बार्गेनिङ गर्ने, मान मर्दन गर्दै जनमानसमा नराम्रो स्थापित गर्न खोज्ने जस्ता काम भईरहेका छन् ।’

उनले अग्रीम जमानत सम्बन्धी व्यवस्था गर्न आग्रह गर्दै अग्रीम जमानत सम्बन्धी व्यवस्था निजी क्षेत्रका लागि मात्रै नभई कर्मचारीतन्त्र, राजनीतिज्ञ, व्यवसायिक व्यक्तिलगायत आम सर्वसाधारणको हितमा रहेको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले करिब ५० वर्ष पुराना ऐनबाट व्यवसायलाई नियन्त्रण गर्न खोजिरहेका आरोप लगाए । ‘पछिल्लो पटक भारतले लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले एकै पटक ४२ वटा कानुनका १८३ वटा प्रावधानहरुमा कैदको व्यवस्था हटाई आर्थिक जरिवाना मात्र लगाउने गरी आर्थिक संमृद्धिका लागि अनूकरणीय संकल्प लिएको छ,’ उनले भने, ‘उद्योगी व्यवसायीबाट आर्थिक कसुर भएमा थुन्ने नभई आर्थिक जरिवाना गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । नेपाल उद्योग परिसंघले आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै हुने व्यवस्था गर्न आग्रह गर्दै आईरहेको छ ।’

उनले आर्थिक कसुरमा जरिवाना धेरै गरिनुपर्ने तर उद्योगी व्यवसायीलाई थुनेर राज्यले लाभ हासिल गर्न नसक्ने बिषयमा गम्भिर ध्यानाकर्षण गराए । यस्तै करको संरचना तथा प्रणालीमा रुपान्तरण गर्दै दोस्रो चरणको आर्थिक सुधारमा जान अब ढिला गन नहुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL