Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

laxmi

यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।

घटेको मूल्य आज रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL