Logo

विदेशी लगानीको न्युनतम सीमा २ करोड, एनआरएनलाई भने लागू नहुने

विदेशी लगानीको न्युनतम सीमा २ करोड, एनआरएनलाई भने लागू नहुने



काठमाडौं । सरकारले विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ निर्धारण गरी कार्यान्वयन गरेको छ । यसअघि चालु आर्थिक बर्षको बजेट भाषणमै अर्थमन्त्री प्रकाशशरण महतले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानीको सीमा हेरफेर गर्ने बताएका थिए ।

laxmi

हालसम्म विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँ तलको लगानी नेपालमा ल्याउन सक्ने अवस्था थिएन । त्यसैलाई बजेटमै हेरफेर गरी शुक्रबार मात्रै यो निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।

अब एक विदेशी लगानीकर्ताले नेपालमा २ करोड रुपैयाँ माथिका परियोजना ल्याउन सक्नेछन् ।

तर, यस्तो लगानीको सीमा नेपाल सरकार र गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत कुनै गैर आवासीय नेपालीले लगानी ल्याउन चाहेको खण्डमा लागू हुनेछैन ।

अर्थात इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी ल्याउन गैर आवासीय नेपालीलाई यस्तो सीमाले नछेक्ने उद्योग विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL