Logo

एमसीसी परियोजनामा जग्गाको मुआब्जा वितरण सुरु, १७९ जग्गाधनीको सूची सार्वजनिक

एमसीसी परियोजनामा जग्गाको मुआब्जा वितरण सुरु, १७९ जग्गाधनीको सूची सार्वजनिक



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अन्तर्गत ४ सय केभि प्रशारण लाईन र सबस्टेशन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढेको छ । परियोजनाले बुधबार र बिहीबार विभिन्न जग्गाधनीको सूची सार्वजनिक गर्दै मुआब्जा प्रक्रिया अघि बढाएको हो ।

laxmi

यसै अनुरुप परियोजनाले नेपाल भारत सीमादेखि नयाँ बटवल सबस्टेशन र नयाँ बुटवल सबस्टेशनदेखि नयाँ दमौली सबस्टेशनसम्मको प्रशारण लाइनका लागि आवश्यक जग्गाको मुआब्जा वितरण गर्नुपर्ने १ सय ७९ जना जग्गाधनीको सूची सार्वजनिक गरेको हो । जसमा करिव ६८ हजार ३ सय ८४ वर्गमिटर जग्गा पर्न आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL