Logo

अब निर्यात सम्भावित सबै वस्तुको कच्चा पदार्थ आयातमा ब्याक टु ब्याक एलसीको सुविधा

अब निर्यात सम्भावित सबै वस्तुको कच्चा पदार्थ आयातमा ब्याक टु ब्याक एलसीको सुविधा



काठमाडौं । अब निर्यात सम्भावित सबै वस्तुको कच्चा पदार्थको आयातमा ब्याक टु ब्याक (निरन्तर) एलसीको सुविधा पाउने भएका छन् । यसअघि तयारी पोशाकको कच्चा पदार्थलाई मात्रै दिईँदै आएको यस्तो सुविधा अब सबैजसो निर्यातजन्य वस्तुको कच्चा पदार्थ आयात गर्दा पाईने भएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै नेपाल एकिकृत व्यापार रणनीति २०८० मा उल्लिखित निर्यात सम्भावना देखिएका वस्तुहरु अन्तर्गतको वर्तमान वस्तुहरुको कच्चा पदार्थको आयातमा यो सुविधा प्रदान गर्ने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL