Logo

निर्माण व्यवसायीहरुका माग यथाशक्य चाँडो सम्बोधन गरियाेस : सीएनआई

निर्माण व्यवसायीहरुका माग यथाशक्य चाँडो सम्बोधन गरियाेस : सीएनआई



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल (सीएनआई)ले सरकारसमक्ष अनुरोध गरेको छ ।

laxmi

आईतबार एक विज्ञप्ति जारी गर्र्दे परिसंघले उक्त अनुरोध गरेको हो । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको परिसंघको भनाई छ ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेको परिसंघले जानकारी दिएको छ ।

कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान छ । निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने भन्दै परिसंघले निर्माण व्यवसायीका मागहरु यथाशक्य चाँडो सम्बोधन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL