Logo

सिएनआईका पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेट, दुई देशको हितका विषयमा छलफल

सिएनआईका पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेट, दुई देशको हितका विषयमा छलफल



काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूतबीच भेटघाट कार्यक्रम भएको छ। शुक्रबार पाकिस्तानका राजदूत अबरार एच हाशमी र सिएनआई का पदाधिकारीबीच दुई पक्षीय हितका विषयमा छलफल भएको हो ।

laxmi

राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै आएको बताए । उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । अग्रवालले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गरेका छन् । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूतलाई आग्रह गरे ।

राजदूत हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताएका छन् । पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने भन्दै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL