Logo

कनेक्ट आईपीएसले ल्यायो इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर, हरेक हप्ता १० जनाले पाउने

कनेक्ट आईपीएसले ल्यायो इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर, हरेक हप्ता १० जनाले पाउने



काठमाडौं । कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको छ । आईपीएसले ‘इन्स्युरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको हो ।

laxmi

यस अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत क्यासब्याक पाउनेछन् । यो भनेको अधिकतम २ हजार ८० रुपैयाँ हुन आउँछ । अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरूको जानकारी एसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत ३ हजार ६२६ अर्ब बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL