Logo

GBIME

गहुँमा भारतीय प्रतिवन्ध : बन्द हुने अवस्थामा मैदा उद्योग, विस्कुट, चाउचाउ उद्योगसमेत समस्यामा

गहुँमा भारतीय प्रतिवन्ध : बन्द हुने अवस्थामा मैदा उद्योग, विस्कुट, चाउचाउ उद्योगसमेत समस्यामा



काठमाडौं । भारतले गत बैशाख ३० देखि लगाएको गहुँ आयात प्रतिवन्धका कारण नेपालका मैदा उद्यो अप्ठ्यारोमा परेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल मैदा उद्योग संघले शतप्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताएको हो ।
भारतले गहुँ आयातमा लगाएको प्रतिवन्धसँगै नेपालमा मैदा र आँटालाई कच्चा पदार्थको रुपमा प्रयोग गरी उत्पादन हुने चाउचाउ, विस्कुट, बेकरीउद्योगलगायत समेत धरापमा परेको संघले जानकारी दिएको छ ।

Laxmi

‘माग अनुसारको मैदा÷आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा÷आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित छन्’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै उक्त अभावको प्रत्यक्ष प्रभालव दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानी गरेका उपभोक्तालाई पनि परेको संघले जानकराी दिएको छ ।

‘अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा÷आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ ।’

हाल प्राप्त ५० हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्ने संघको अनुमान् छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ ।

तसर्थ, संघले सरकारसँग भारत सरकारले दिएको ५० हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने माग गरेको छ । बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC