Logo

भारतले पठायो पेट्रोलियमको नयाँ मूल्य सूची, पेट्रोल र डिजेलको मूल्य बढ्दा ग्याँसको घट्यो

भारतले पठायो पेट्रोलियमको नयाँ मूल्य सूची, पेट्रोल र डिजेलको मूल्य बढ्दा ग्याँसको घट्यो



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । भारतीय आयल कर्पाेरेशनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको बढेको र ग्याँस र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको हो ।

laxmi

भारतीय आयल निगमले नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा घटबढ भएको नयाँ मूल्य पठाउँछ । यसपल्छ भने भारतले डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य बढाएर पठाएको हो ।

यस्तै भारतबाट हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँले भूल्य घटेर आएको छ निगमले जानकारी दिएको छ । हाल निगमले नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL