Logo

पुनः घटेर आयो पेट्रोलियमको मुल्य, यस्तो छ नयाँ मूल्य

पुनः घटेर आयो पेट्रोलियमको मुल्य, यस्तो छ नयाँ मूल्य



काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । प्रत्येक महिनाका १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउनवे आईओसीले यसपल्ट मूल्य घटाएर पठाएको हो । यसपल्ट आईओसीले नेपाल आयल निगमलाई अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसा कममा पठाएको छ ।

laxmi

हाल नेपाली बजारमा निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल १ सय ६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । पछिल्लो २ पटकसम्म लगातार पेट्रोलियमको मूल्य घटेर आएपनि नेपाल आयल निगमले नेपाली बजारमा यसको मूल्य घटाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL