Logo

एनवाईइएफको उद्यमशिलता सम्मेलन सम्पन्न, स्टार्टअप र उद्यमशिलता विकासमा सहयोग

एनवाईइएफको उद्यमशिलता सम्मेलन सम्पन्न, स्टार्टअप र उद्यमशिलता विकासमा सहयोग



काठमाडौं । नेपाली युवा उद्यमी संघ (एनवाईइएफ)ले उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न गरेको छ । संघले नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले आयोजना गरेको उक्त सम्मेलन काठमाडौंमा सम्पन्न भएको हो ।

laxmi

कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतम, एनवाईइएफ एनजीओ अध्यक्ष रितेश लामिछाने र एनवाईइएफ काठमाडौं अध्यक्ष चिराग गोयलले गरेका थिए। काठमाडौंका अध्यक्ष चिराग गोयलले आफ्नो मन्तव्यमा मुख्यतया देशको आर्थिक विकासका लागि युवाहरूले रोजगारी सिर्जना गर्ने बताए।

उनले उद्यमशीलतामा महिलाको महत्व र सरकारले उनीहरूलाई दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर सहयोग गर्नुपर्ने बताए । उद्यमशीलता सम्मेलन २०२३ मा मुख्य भाषण, प्यानल छलफल, उद्यमशील यात्रा र उत्पादन र सेवा प्रदर्शनीहरू थिए।

नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५ सयभन्दा बढी अतिथिहरूले कार्यक्रममा भाग लिएका थिए।

संघको काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। स्टलहरू उद्यमीहरू बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्म थिए।

प्रतिक्रिया दिनुहोस्
MBL