Logo

एनवाईइएफ काठमाडाैंको अध्यक्षमा प्रार्थना साखः चयन, यस्ताे छ १३ सदस्यीय कार्यसमिति

एनवाईइएफ काठमाडाैंको अध्यक्षमा प्रार्थना साखः चयन, यस्ताे छ १३ सदस्यीय कार्यसमिति



काठमाडौं। नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौंकाे साधारणसभाले नयाँ अध्यक्षमा प्रार्थना साखः लाई चयन गरेको छ। असार १ गते बसेको मञ्चको पाँचाै साधारणसभाले साखः लाई अध्यक्षमा नियुक्त गरेको हो। यस्तै मञ्चकाे सदस्यमा ११ चयन भएका छन् ।

laxmi

कार्यसमीतिको प्रथम उपाध्यक्षमा अभिमन्यु गोल्छा र द्धितिय उपाध्यक्ष अप्पा शेर्पा चयन भएका छन्। यसैगरी, कार्यकारी सदस्यमा अनुभव श्रेष्ठ, क्षितिज तामाङ, इच्छा मल्ल, निर्देश द्वा, निशित मित्तल, रसना श्रेष्ठ, सन्दिप शर्मा, सुरक्षा अधिकारी र सन्तोष पाण्डे चएन भएका छन्।

नवनिर्वाचित टोलीले काठमाडाैंकाे उद्यमशीलताको भावना जगाउने र स्थानीय स्टार्टअप इको-सिस्टममा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई अगाडि बढाउने लगायतका प्रतिवद्धता गरेका छन्। मञ्चको अघिल्लो कार्यकालका उपलब्धिलाई समेटेर एनवाईइएफ काठमाडौंलाई अझ ठूलो उचाइमा पुर्याउने प्रतिवद्धता पनि उनीहरूकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL