Logo

एफएनसीसीआई पदाधिकारी र गभर्नरबीच भेट, कर्जाको पुनर्तालिकीकरण गर्न माग

एफएनसीसीआई पदाधिकारी र गभर्नरबीच भेट, कर्जाको पुनर्तालिकीकरण गर्न माग



नकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेट भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको हो ।

laxmi

अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रिय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । ब्याजदर घटाउन केन्द्रिय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए ।

यसैगरि निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने अध्यक्ष ढकालले बताए । बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो ।

उक्त भेटघाटमा गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासनदिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी दिए । साथै महासंघसंगको सहकार्य राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको उनको धारणा थियो । भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL