Logo

डिजेल र हवाई इन्धनको मुल्य एकैपटक १० रुपैयाँले घट्यो, पेट्रोलको मूल्य ३ रुपैयाँ कम

डिजेल र हवाई इन्धनको मुल्य एकैपटक १० रुपैयाँले घट्यो, पेट्रोलको मूल्य ३ रुपैयाँ कम



काठमाडौं । नेपाली बजारमा डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमको संचालक समितिको बैठकले सोमबार साँझ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर १ सय ६५ रुपैयाँ कायम गरेको हो । पछिल्लो समय निगमलाई घाटा भईरहेको भन्दै भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाएको निगमले यसपल्ट भने एकैपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौति गरेको हो ।

laxmi

यस्तै निगमले पेट्रोलको मूल्य लिटर ३ रुपैयाँले घटाएको छ । हालसम्म नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँमा खुद्रा विक्री भईरहेको थियो । यस्तै निगमले हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १० रुपैयाँले घटाउँदा खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL