Logo

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईको उम्मेदवारी दर्ता, उपाध्यक्षमा सुरकृष्ण, ज्योत्सना, र शकुन्तलाल

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईको उम्मेदवारी दर्ता, उपाध्यक्षमा सुरकृष्ण, ज्योत्सना, र शकुन्तलाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उनले आज (आईतबार) दिउँसो महासंघ केन्द्रिय कार्यालय टेकूमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीसँगै उनको समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा सुरकृष्ण बैद्यले उम्मेदवारी दर्ता गराएका छन् भने वस्तुगत उपाध्यक्षमा शकुन्तलाल हिराचनले उम्मेदवारी दर्ता गराएका छन् ।

laxmi

यस्तै एसोसिएट्स उपाध्यक्षमा सन्दिप अग्रवाललाई अघि बढाएका संघईले अन्तिम समयमा आएर ज्योत्सना श्रेष्ठलाई आफ्नो समुहमा ल्याएका छन् । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी अन्जन श्रेष्ठको समुहबाट एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी श्रेष्ठ अन्तिम समयमा संघई समुहका प्रवेश गरेकी हुन् ।

आज वरिष्ठ उपाध्यक्ष सहित जिल्ला नगर, र वस्तुगत उपाध्यक्षको मात्रै उम्मेदवारी दर्ता गरेको र शुभ साईतमा ज्योत्सना श्रेष्ठले आफ्नो समुहबाट एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघईँले जानकारी दिए । ‘ज्योत्सना जी मेरो समुहमा आएर एसोसिएट्स उपाध्यक्ष उठ्ने पक्का भएको छ,’ उनले भने । ज्योत्सनाको पनि आजै उनको श्रीमानले संघईँको समुहबाट एसोसिएट्समा उम्मेवादरी दर्ता राएका छन् ।

समग्रमा अर्थिक समृद्धिको आधार : राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार भन्ने मूल नाराका साथ सरकार र निजी क्षेत्रको सहकार्य तथा तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू निर्धारण गरी अघि बढ्नु नै आजको प्रमुख आवश्यकता हो ।

म विगत २० वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा विभिन्न पदमा रहेर क्रियाशिल रेहका संघई हाल एसोसिएट्सतर्फबाट उपाध्यक्ष छन् । त्रिवेत्री ग्रूपका संचालक संघईँको उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरू सञ्चालनमा रहेका छन् ।

उनले संगठनात्मक सुधार र समन्वय, कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधारका एजेण्डालाई अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL