Logo

नेको इन्स्योरेन्सले यस वर्षपनि १५ प्रतिशत बोनस सेयर दिने

नेको इन्स्योरेन्सले यस वर्षपनि १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL