Logo

नेपालमा भित्रीयो ठुलो लगानीमा सिंगापुरको कार्गो, ९५ करोड लगानीको विभागबाट पायो स्वीकृति

नेपालमा भित्रीयो ठुलो लगानीमा सिंगापुरको कार्गो, ९५ करोड लगानीको विभागबाट पायो स्वीकृति



काठडमाडौ । उद्योग विभागले एक अन्तरराष्ट्रिय कार्गो ह्यान्डलिङ सेवा संचालन गर्नका लागि ठुलो लगानी स्वीकृत गरेको छ । विभागले असार ३० गते ९५ करोड रुपैयाँ पुँजीको उक्त सिंगापुरियन परियोजनालाई स्वीकृती प्रदान गरेको हो । सिंगापुरका लगानीकर्ताले उक्त परियोजनाका लागि लगानीको प्रस्ताव गरेका थिए । जसअनुसार यसमा राखिएको पुँजीको शतप्रतिशत लगानी विदेशी नै हुनेछ ।

laxmi

उद्योग विभागका अनुसार उक्त परियोजनाले बार्षिक १ सय ४७ जनालाई रोजगारी दिनेछ भने ९५ केभिए बिद्युत खपत गर्नेछ । काठमाडौंमै कार्यालय रहनेगरी दर्ता भएको उक्त परियोजनाले २ सय मेट्रिक टन कार्गो ढुवानीको काम गर्ने बताईएको छ । खासगरी उद्योग तथा व्यवसायलाई केन्द्रित गरी परियोजनाले कार्गो ढुवानीको व्यवस्था मिलाउने बताईएको छ ।

पछिल्लो समय नेपालमा कार्गो ढुवानीका लागि भन्दैप कार्गो परियोजनाहरु धमाधम दर्ता भईरहेका छन् । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै २ ओटा कार्गोसम्बन्धी उद्योग विभागमा दर्ता भईसकेका छन् । पहिलो उद्योगमा बंगलादेशी लगानीकर्ताले लगानीको प्रस्ताव गरेका छन् । सानो लगानीको उक्त परियोजना पनि काठमाडौंमै कार्यालय रहने गरी विभागमा दर्ता भएको हो । साउन ४ मा स्वीकृत भएको उक्त कम्पनीले आफ्नो कुल पुँजी भने ५ करोड रुपैयाँ राखेको छ ।

गत आर्थिक बर्षभरीको कुरा गर्दा सेवामुलक क्षेत्रका ९७ परियोजनामध्ये ४८ ओटा परियोजना कार्गा ह्यान्डलिङ व्यवसायका छन् । त्यसमध्ये पनि धेरैजसो कार्गो सेवाका परियोजनाहरु चिनियाँ लगानीकर्ताहरुले भित्र्याएको विभागको तथ्यांकमा देखिन्छ । १ बर्षको अवधिमा आएका कार्गो ह्यान्डलिङ परियोजनामध्ये ९० प्रतिशत परियोजनाहरु साना लगानीका छन् ।

यसरी धेरैजसो साना लगानीका धेरै कार्गो कम्पनीहरु नेपालमा दर्ता हुँदा र एकै देशबाट यति धेरै साना परियोजनाहरु एकै क्षेत्रमा आउँदा त्यसलाई शंकाको घेरामा राख्नुपर्ने सम्बन्धित व्यवासायीहरु बताउँछन् । हाल कार्गो सेवाका लागि नेपाली कम्पनीहरु नै फालाफाल भईरहको र उचित बजारको कमी भईरहेको बेलामा चिनियाँ लगानीकर्ताको कार्गो ह्यान्डलिङ व्यवसायमा आकर्षणले प्रभाव पार्ने एक व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL