Logo

पेट्रोलियम कर ५० प्रतिशतले घटाउन प्रतिनिधिसभा उपसमितिको निर्देशन, घट्ला मूल्य ?

पेट्रोलियम कर ५० प्रतिशतले घटाउन प्रतिनिधिसभा उपसमितिको निर्देशन, घट्ला मूल्य ?



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये ५० प्रतिशत घटाउने निर्देशन दिएको छ ।

laxmi

शुक्रबार प्रकाश रसाईलीको संयोजकत्वमा बसेको बजार अनुगमन उपसमितिको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो । पछिल्लो समय इन्धनको मूल्य अचाक्ली बढेपनि यसले उपभोक्तालाई सास्ती भएको र सरकारले यसमा ध्यान दिँदै कर घटाउनुपर्ने उपसमितिको निष्कर्ष थियो ।

उपसतिको छलफलमा नेपाल आयल निगमका अधिकारीहरु पनि थिए । सोही अनुसार आयल निगमका अधिकारीहरुलाई उपसमितिले उक्त निर्देशन दिएको छ । यस्तै उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई इन्धनको कर घटाउने लिखित निर्दशन नै दिएको छ । हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ र एलपीजी ग्यासमा प्रतिसिलिन्डर ३२९ रुपैयाँ कर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL